नेपाली राजनीतिको २ होइन, ३ धार हुनेछःडा.बाबुराम भट्टराई

सहयात्रा टिभी

काठमाडौं । चैत १०, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा २ नभई ३ धार हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा। भट्टराईले कांग्रेस, कम्युनिस्ट र जसपा गरी ३ धार हुने जनाएका छन् ।

भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीतिको २ होइन, ३ धार हुनेछ है १ कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ ।

कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो १ जसपा त्यसको भ्रूण हो १’

 

प्रकाशित : 24 March, 2022

प्रतिक्रिया दिनुहोस्