भारतबाट आयात गरेर उद्योगलाई विद्युत् दिन्छौँँ प्राधिकरण

सहयात्रा टिभी

काठमाडौं । चैत १०, नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताइको छ ।

भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।

आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छौं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’

प्रकाशित : 24 March, 2022

प्रतिक्रिया दिनुहोस्