सिंगापुरमा खोप लगाएका हरुलाई क्वारेन्टिन नियमको अन्त्य

सहयात्रा टिभी

काठमाडौं । चैत १०, आउँदो अप्रिल १ तारिखदेखि खोप लगाएकाहरुलाई सिंगापुरले क्वारेन्टिनको नियम अन्त्य गर्ने भएको छ ।

पछिल्लो समय विश्वका अन्य देशले कोभिड संक्रमणका कारण लगाएको प्रतिबन्ध फुकुवा गरिरहेका छन् ।

यहाँका राज्यले खोप लगाइसकेका यात्रुहरुको आगमन सहज गर्नका लागि नियमलाई सुव्यवस्थित गर्ने र खुल्ला स्थानमा मास्क लगाउनुपर्ने नियमको पनि अन्त्य गर्ने प्रधानमन्त्री ली सियान लोङले बिहिबार बताएका छन् ।

यहाँ एक स्थानमा १० जना मानिस भेला हुन सक्ने नयाँ नियम पनि बनाइएको छ । यसअघि ५ जनामात्रै भेला हुन मिल्थ्यो । यसका साथै, घरबाटै काम गरिरहेकालाई कार्यालय फर्कन पनि आग्रह गरिन लीले भने ।

साङ्गीतिक क्रियाकलापमाथि लागेको प्रतिबन्ध पनि हट्ने गरी परिवर्तन गरिएको पछिल्लो नियम मार्च २९ तारिखदेखि लागू गरिनेछ ।

 

प्रकाशित : 24 March, 2022

प्रतिक्रिया दिनुहोस्