भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
सहयात्रा टिभी
काठमाडौं। चैत ११, भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्।
दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ ।
यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो । पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ।
यो बढेको मूल्यसँगै देशको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९७.८१ रुपैयाँ र डिजेलको मूल्य ८९.०७ रुपैयाँ प्रतिलिटर पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य ११२.५१ रुपैयाँ प्रतिलिटर भएको छ। चेन्नईमा ७६ पैसाले बढेर १०३.६७ प्रति लिटर पुगेको छ ।