मनकामना केबलकार चैत १४ गते बन्द हुने

काठमाडौं। चैत ११, मनकामना केबलकार चैत १४ गते बन्द हुने भएको छ।
नियमित मर्मत–सम्भारका गर्न चैत १४ गते सोमबार एक दिनका लागि केबलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।
मर्मत–सम्भारपछि १५ गतेदेखि केबलकार पुनः नियमित सञ्चालनमा आउनेछ । सो अवधिभर बटम स्टेसनस्थित रेस्टुरेन्ट सेवा भने यथावत् रहने केबलकार सञ्चालक कम्पनीले जनाएको छ।