एकीकृत समाजवादीका दुई वडाध्यक्ष एमाले प्रवेश

सहयात्रा टिभी

काठमाडौं। चैत १३, एकीकृत समाजवादीका दुईजना वडाध्यक्ष एमाले प्रवेश गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा एकीकृत समाजवादी छाडेर एमालेमा समाहित भएका हुन् ।

वडाध्यक्षद्वयले एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिकाका एकीकृत समाजवादीका अन्य ६ जना पनि एमालेमा समाहित भएको जिल्ला सदस्य प्रकाशचन्द्र भट्टराईले बताए ।

प्रकाशित : 27 March, 2022

प्रतिक्रिया दिनुहोस्