द कश्मीर फाइल्सले १६ दिनमै कमायो यति धेरै

काठमाडौं। चैत १३, विवेक अग्निहोत्रीको चलचित्र द कश्मिर फाइल्सले दोस्रो हप्ता पनि बक्स अफिसमा दबदबा कायम राखेको छ ।
यस चलचित्रले शुक्रवार रिलिज भएको आरआरआरसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।
चलचित्रले शनिवारसम्ममा बक्स अफिसमा ७.२५ करोड भारु कमाएको बताइएको छ ।
भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यस चलचित्रले १५ औं दिन ४.५० करोड भारु कमाएको थियो ।
१६ औं दिनमा यसले सो रकमको दोब्बर नजिक पुग्दै ७.२५ करोड भारु कमाएको हो ।