तराईको तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने

सहयात्रा टिभी

काठमाडौं। चैत १४, मुलुकभर गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् ।

तराई भू–भागमा ४१ डिग्रिसम्म तापक्रम पुग्ने भन्दै मौसमविद्हरुले बढी तापक्रमबाट बच्न सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका आइतबार तापक्रम ३७ डिग्रिभन्दा बढी सेल्सियससम्म पुगेको छ । आइतबार सबैभन्दा बढी ३७.५ डिग्रि सेल्सियस तापक्रम महोत्तरीमा पुगेको छ ।

मौसमविद् हिरा भट्टराईले अझै तापक्रम बढदै जाने भएकाले गर्मीयामबाट बच्न आवश्यक उपाय अपनाउन सुझाव दिएका छन् ।

विपत व्यवस्थापनविद् डा। धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर भएको र आइतवारदेखि पूर्वीय वायु पनि निष्क्रिय भएकाले गर्मी बढिरहेको बताए । तराईमा ४१ डिग्रि सेल्सियससम्म तापक्रम पुग्ने उनको भनाइ छ ।

प्रकाशित : 28 March, 2022

प्रतिक्रिया दिनुहोस्