विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं। चैत १६, विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल विजयी भएको छ ।
आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ब्राजिलले घरेलु टोली बोलिभियमाथि ४.० को सहज जित हात पारेको हो ।
ब्राजिलको जितमा रिचार्लीसनले २ तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान १ गोल गरे ।
खेलको २४ औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता बनायो । उनले ब्रुनो गुइमारेसको पासमा गोल गर्न सफल भएका थिए ।
४५ औं मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे ।
६६ औं मिनेटमा पाक्वेटाको पासमा ब्रुनो गुइमारेसले गोल गरेपछि ब्राजिल खेलमा ३(० ले अघि बढ्यो ।
थप गरिएको पहिलो समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।
जितसँगै शीर्षस्थानमा रहेको ब्राजिल १७ खेलबाट ४५ अंक जोड्दा पराजित बोलिभिया १८ खेलबाट १५ अंकका साथ नवौं स्थानमा रह्यो ।
छनोटका अन्य खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १(१ को बराबरी खेल्दा उरूग्वेले चिली तथा पेरुले पाराग्वेमाथि समान २.० जित हात पारे ।
त्यस्तै, कोलम्बियाले भनेजुएलामाथि १.० को कठिन जित हात पार्यो ।