इन्दिरा–प्रियदर्शिनी अवार्डबाट रिजाल सम्मानित

सहयात्रा टिभी

काठमाडौं। चैत १६, एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल ‘इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएकी छिन् ।

राष्ट्रिय र क्षेत्रीय संस्थाहरूमार्फत महिला उद्यमशीलता विकासमा गरेको योगदानको कदर गर्दै रिजाललाई अवार्ड दिइएको हो ।

हालै नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच भारतका लघु, साना तथा मझौला उद्योगमन्त्री नारायण तातुराणेले रिजाललाई उक्त पुरस्कार प्रदान गरेका हुन् । यसअघि रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री पदकसमेत पाएकी थिइन् ।

प्रियदर्शिनी अवार्ड सन् १९९५ मा स्थापना भएको हो । लघु, साना तथा मझौला उद्योग मन्त्रालय, साना उद्योग निगम, भारतीय साना उद्योग विकास बैंक, महिला तथा बालकल्याण विभाग र भारतीय महिला उद्यमी महासंघले अवार्ड स्थापना गरेका हुन् । यो पुरस्कार भारतका साथै सार्क देशका महिला उद्यमशीलता प्रवद्र्धनमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरूलाई दिइन्छ ।

 

प्रकाशित : 30 March, 2022

प्रतिक्रिया दिनुहोस्