हेटौंडामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

काठमाडौं। चैत १६, मकवानपुरको हेटौंडामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
हेटौंडा ६ पुतलीसडकमा गुडिरहेको ट्याक्टरबाट खसेर हेटौंडा उपमहानगरपालिका ८ का २३ वर्षीय राजेश मोक्तानको मृत्यु भएको हो ।
गएराति हेटौंडाको नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्याक्टरबाट मोक्तान खसेका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोक्तानको गएराति नै उपचारको क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सहित चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।