चुनावमा विदेशी गाडी प्रयोग गर्न नपाउने नियमप्रति मधेस केन्द्रित दलको आपत्ति

सहयात्रा टिभी

काठमाडौं। चैत १७, स्थानीय चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्थाप्रति मधेश केन्द्रित दलले असन्तुष्टि जनाएका छन् ।

निर्वाचन आचार संहितामा रहेको यो व्यवस्थालाई लिएर मधेश प्रदेशका दलका प्रतिनिधिले गुनासो गरेको पूर्वकानुन सचीव माधव पौडेलले बताए ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको विषयक कार्यक्रममा प्रस्तुतीकरण गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

‘मधेस प्रदेशका राजनीतिक दलका प्रतिनिधिले बिदेशी नम्बर प्लेटको प्रयोगमा लगाइएको रोकमा पुनर्बिचारको माग गरेका छन्’, पौडेलले थपे, ‘एकातिर खर्चको सीमा कम र अर्कोतिर बिदेशी नम्बर प्लेट प्रयोग गर्न नपाउँदा अप्ठ्यारो हुने उहाँहरुको कुरा छ ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहितामामा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे हलुका सवारी साधन प्रयोग गर्न सक्ने उल्लेख छ जुन नेपाली नम्बर प्लेट हुनुपर्छ । सवारी साधन नचल्ने ठाउमा बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने भनिएको छ ।

प्रकाशित : 31 March, 2022

प्रतिक्रिया दिनुहोस्