‘शमशेरमा थपिए सुमन र हिमेश

सहयात्रा टिभी

काठमाडौं। चैत १७, कमेडियन हिमेश पन्त पछिल्लो समय एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन् ।

केही समय अगाडी मात्र मिलन चाम्सको निर्देशनमा तयार हुने भनिएको फिल्म ‘वर एण्ड वधु’ मा अभिनय गर्ने सम्झौता गरेका हिमेश अर्को फिल्म ‘शमशेर’ मा पनि भित्रिएका छन् ।

मनिष राउत र गौरव पहाडी पश्चात निर्माण टिमले हिमेशसँगै सुमन गौतमको लुक्स सार्वजनिक गरेको छ । मुख्य अभिनेत्री र निर्देशकको खोजी भइरहेको बताउने फिल्म युनिटले अन्य कलाकारहरु अनुबन्धित भएको जानकारीसँगै लुक्स समेत सार्वजनिक गरिरहेको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानीमा तयार हुनेछ । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

सीबड्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

प्रकाशित : 31 March, 2022

प्रतिक्रिया दिनुहोस्