एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

सहयात्रा टिभी

काठमाडौं। चैत १७, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार एएफसी एसियन कप छानोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

चोटका कारण लामो समय मैदान बाहिर रहेका रक्षक विकास खवासलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगअघि घाइते भएका फरवार्ड नवयुग श्रेष्ठलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल सम्मिलित समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन् । नेपालले आउँदो जेठ २५ गते जोर्डनसँग, जेठ २८ मा कुवेतसँग र जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

जोर्डन र कुवेतसँग यसअघि दोस्रो चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ । छनोटका सबै खेल कुवेतमा हुनेछन् ।

छनोट प्रतियोगितामा ६ समूह छन् । हरेक समूहमा चार टोली छन् । हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेने उत्कृष्ट पाँच टोलीले एएफसी एसिया कप २०२३ मा स्थान बनाउनेछन् ।

नेपाली टोलीको बन्द प्रशिक्षण वैशाख २ गतेदेखि सुरु गरिने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनीष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजजिउ ठकुरी र तेज तामाङ ।

प्रकाशित : 31 March, 2022

प्रतिक्रिया दिनुहोस्