राजीनामा पछि इमरान खान बाहिरिए उनलाई पक्राउ गरिने शेखर शिद

सहयात्रा टिभी

काठमाडौं। चैत २०, पाकिस्तानका गृहमन्त्री शेख रसिदले अविश्वासको प्रस्तावपछि इमरान खानले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनलाई पक्राउ गरिने दाबी गरेका छन् ।

उनले स्थानीय च्यानल एआरवाई न्युजसँग कुराकानी गर्र्दै भने, ‘यदि इमरान खानले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि यिनीहरुले उनलाई देखी सहने छैनन् र उनलाई पक्राउ गर्नेछन् ।’

कुराकानीमा उनले पाकिस्तानको लोकतन्त्र गम्भीर खतरामा भएको पनि बताए । उनले थपे, ‘यहाँ स्थिति असाध्यै खराब छ । देशका लागि चुनाव गर्नु एकमात्र विकल्प हो । जब इमरान खान बाहिर आउनेछन् तब यिनीहरुले उनलाई पक्राउ गर्नेछन् । यिनीहरुले इमरान खानलाई देखी सहने छैनन् ।’

शेखर शिदले विदेशी शक्ति इमरान खानविरुद्धको माहौल देख्न चाहन्छन् ।पाकिस्तानमा अविश्वासको प्रस्तावपछि यहाँ छिट्टै चुनाव गराइने बताइएको छ । यहाँ १५५ चुनाव क्षेत्रमा उपचुनाव गराइनेछ जसको अर्थ यो हो कि धेरैजसो चुनाव पञ्जाब र खैबर पख्तुनख्वामा हुनेछ ।

 

प्रकाशित : 3 April, 2022

प्रतिक्रिया दिनुहोस्