वैशाखबाट गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ प्रसारण हुने

काठमाडौं। चैत २०, भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ प्रसारणमा आउने भएको छ।
इमेज एचडी टेलिभिजनबाट प्रसारण हुने शो आगामी वैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुनेछ।
नेपाल्स सिंगिङ सुपरस्टारलाई प्रस्तोता विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठले होस्ट गर्नेछन् भने निर्णायकको रुपमा गायकहरू संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए ।
रवि श्रेष्ठले निर्देशन गर्न लागेको शोमा अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरू वा पाँच वर्षभन्दा बढी अवधि देखि सांगीतिक क्षेत्रमा सक्रिय गायक(गायिका मात्र समावेश हुन पाउनेछन्।
गत बिहीबारबाटै शोको अडिसन खुल्ला भइसकेको छ। अडिसनमा समावेश हुनको लागि नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर शो पेजको म्यासेज बक्समा वा नेपाल्स सिंगिङ सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेटसम्मको भिडियो पठाउन सकिने आयोजकले बताएको छ। यस शोको विजेताले २५ लाख नगद प्राप्त गर्नेछन्।