२ हजारभन्दा बढी रुग्ण आयोजनाका ठेक्काको म्याद थप्दै सरकार

सहयात्रा टिभी

काठमाडौं। चैत २०, ८ वर्षसम्म सडक नबनेपछि काठमाडौं उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयले अवरुद्ध गरेका छन् ।

काठमाडौंको चाबहिल–साँखु सडक खण्डका स्थानीयहरु पनि यही समस्याले ग्रसित भएपछि पटक–पटक आन्दोलित भएका छन् । ढोलाहिटी सुनाकोठीका सडक खण्डका स्थानीयले पनि आन्दोलनकै बाटो रोजेका छन् ।

झण्डै एक दशकसम्म नबनेका यस्ता कयौं सडकसहित विभिन्न निर्माणसम्बद्ध आयोजनाका ठेकदारहरुले ठेक्काको थप अवधि पाउने भएका छन् । सरकारले निर्माण अवधि सकिएका करिब २ हजार आयोजनाहरुको एकैपटक म्याद थप गर्ने तयारी गरेको छ ।

सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनले वर्षौंदेखि रुग्ण ठेक्काको म्याद थप गर्न बाटो खोलिसकेको छ । यसैकारण विभिन्न विकासे अड्डाहरुमा निर्माण व्यवसायीले धमाधम आयोजनाहरुको म्याद थप गर्न फाइल पेश गरिरहेका छन् । म्याद थप गर्न १० दिन मात्रै बाँकी रहेकाले अधिकांश रुग्ण आयोजनाका फाइल विकासे अड्डामा चाङ लागेका छन् ।

ठेक्काको म्याद थप माग्दा धेरै आयोजनाले ठेक्काको भेरियसन समेत माग्ने गरेका छन् । यसले गर्दा निर्माण अवधि लम्बिने र लागत पनि थपिने अवस्था हुन्छ ।

प्रकाशित : 3 April, 2022

प्रतिक्रिया दिनुहोस्