फुटबल उपाधि आरआरलाई

सहयात्रा टिभी

काठमाडौं। चैत २१, हेटौंडामा भएको खुला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ ।

हर्नामाडी कमलदेवी युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पछि पार्दै आरआरले उपाधि जितेको हो ।

आरआरले नगद ५० हजार र हर्नामाडीले नगद २५ हजार प्राप्त गरे । ‘म्यान अफ दी म्याच’ र वेष्ट गोलकिपर आरआरका गोपी बर्तौला घोषित भए ।

त्यस्तै, उत्कृष्ट डिफेन्स विकास वाइबा, उत्कृष्ट मिडफिल्डर आरआरका सुनील घलान, वेष्ट फरवार्ड विजय दोङ र समिराज थोकर म्यान अफ दी सिरिज घोषित भए ।

नेपाल राष्ट्रिय खेलकुद महासंघ मकवानपुर र भुटनदेवी युवा क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २४ टिमको सहभागिता थियो ।

प्रकाशित : 4 April, 2022

प्रतिक्रिया दिनुहोस्