लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

काठमाडौं। चैत २१, चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती ,घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल , पहाडको अग्लो स्थान ,शान्त वातावरण ,पाखाभरि ढकमक्क फुलेका लालीगुराँस , बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।

वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिकाले बताए ।
“घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ”, उनले भने, “हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।”
जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।