ललितपुर महानगर हत्याउनेमा एमाले ढुक्क

सहयात्रा टिभी

काठमाडौं। चैत २२, २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सयको झीनो मतान्तरले पराजित भएका एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार यसपटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का हुनुभएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका व्यञ्जनकारले योपटकको मेयर पदमा आफ्नो उम्मेदवारी अन्तिम पटक भएको घोषणासमेत गर्नुभएको छ ।

आफूले गएको निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनु

भयो । ‘पहिलो त हामीले विगतमा विभिन्न पार्टीमा गएकालाई एमालेमा ल्याउने अभियान चलाएका छौं । त्यसपछि उहाँहरुकै साथ र सहयोगमा निर्वाचनमा जित्ने प्रण गरेका छौं । –मेयरका उम्मेदवार ब्यञ्जनकारको भनाइ छ ।

प्रकाशित : 5 April, 2022

प्रतिक्रिया दिनुहोस्