शीर्षस्थानको मिलान रोकियो

काठमाडौं। चैत २२, इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ ।
मिलान घरेलु मैदानमा बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदान मिलानोमा सोमबार राति भएको खेलमा मिलानले पाहुना टोलीलाई दवावमा राखेपनि गोल गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बोलोग्नाले पनि केही मौका गुमाउँदा जित निकाल्न सकेन ।
यो बरारबीसँगै शीर्षस्थानमा रहेको मिलानले एक अंकको अग्रता लिन सफल भएको छ । मिलानको ३१ खेलबाट ६७ अंक छ ।
समान खेलबाटै दोस्रो स्थानको नेपोलीको ६६ तथा एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंक छ । मिलानलाई रोकेको बोलोग्ना ३० खेलबाट ३४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।