युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आज राष्ट्रसंघमा सम्बोधन गर्ने

काठमाडौं। चैत २२, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने भएका छन्।

युक्रेनमाथि रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने लागेका हुन्।
युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको बेला राष्ट्रतिले आम विश्वलाई जानकारी गराउने भएका हुन्।
जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले युक्रेनको आमहत्याबारे स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता जनाएकी छन्।
सार्वजनिक भएको एक भिडिओमा सर्वसाधारणहरूको शव सहर र पछाडिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हात बाँधिएको देखिएको थियो।
यद्यपी युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रूस विरुद्धको लडाइँ जित्ने बताएका छन्।