चुनावमा भाग लिने दलहरूसँग प्रतिबद्धता लिँदै निवार्चन आयोग

सहयात्रा टिभी

काठमाडौं। चैत २२, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूलाई निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय चुनावमा भाग लिन दर्ता भएका

आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा भाग लिन ७९ वटा राजनीतिक पार्टीले दल दर्ता गराएका छन्।

आचार संहिता लागू कहिलेदेखि गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्ने जानकारी पनि सबै दललाई आज बिहान साढे ११ बजे आयोगको कार्यालय आइपुग्न भनिएको हो। प्रवक्ता पौडेलले दिए।

उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। यसको रिट निवेदन विचाराधीन छ।

तर सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेतालाई हस्ताक्षर गराउने तयारी आयोगले गरेको छ।

प्रकाशित : 5 April, 2022

प्रतिक्रिया दिनुहोस्