अमेरिकी रक्षा मन्त्रालयको दाबीःकिभबाट हटे रुसी सेना

सहयात्रा टिभी

काठमाडौं। चैत २४, अमेरिकी रक्षा विभागका अधिकारीले युक्रेनको राजधानी किभ र चेर्निहिव शहरबाट अब रुसी सेना पूर्ण रुपमा फिर्ता भइसकेको दाबी गरेको छ ।

 


बुधबार मिडियासँगको कुराकानीमा पेन्टागनका अधिकारी जोन किर्बीले भने, ‘किभ र चेर्निहिव नजिकैबाट रुसको सेना पूर्ण रुपमा फिर्ता भइसकेको छ । ’

उनले भने, ‘हामीले किभ र चेर्निहिवमा रुसी बल देखिरहेका छैनौँ ।’उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रुपमा विफल रहे ।

किर्बीले भने, ‘उनीहरुले सानो जनसंख्या भएका इलाकामा नियन्त्रण गरिरहेका छन् । खारकिभ पनि उनीहरुको नियन्त्रण रहेन ।’

अमेरिकाको यो बयान यस्तो समय आएको छ जब केही दिन अघि मात्रै रुसले अब आफूहरु युक्रेनको पूर्वी हिस्साको डोनबास क्षेत्रमा आफ्नो प्रयास बढाउने बताएको थियो ।

 

प्रकाशित : 7 April, 2022

प्रतिक्रिया दिनुहोस्