विपिले स्वास्थ्य शिक्षा पुर्याएको त्यो गाउँ, अहिलेका नेताबाट पनि उस्तै छ

काठमाडौं। चैत २५, वैशाख ३० को निर्वाचनमा वेथान्चोक गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार दाबी गरिरहेका कांग्रेस नेता भगवान अधिकारी बुधवार वडा नं ६ भुग्दउ पुगे ।
पढाइका साथै खेलकुदलाई पनि सँगै अघि बढाइरहेको त्यहाँको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद पोसाक वितरण गर्न भुग्देउ पुगेका कांग्रेस नेता अधिकारी सँग गाउँलेको माग थियो– स्वास्थ्य, शिक्षा, सडक, खानेपानीको स्तरोन्नति र सिचाई सुविधाको उपलब्धता ।
पहिलो पटक जन निर्वाचित प्रधानमन्त्री विपि कोइरालाले गाउँ गाउँमा विकास पुर्याउनु पर्छ भन्दै स्वास्थ्य चौकी, पाठशाला, हुलाक स्थापना गरेको भुग्देउमा पहिले देखि नै राजनीतिक र विकासको चेतना भएका व्यक्तिहरुको बसोबास रहेको अनुमान गर्न सकिन्छ ।
तर पनि आम गाउँघर को जस्तै यहाँको समस्या अझै ज्यू का त्यूँ छ । विपि कोइरालाले २०१६ साल देखि नै विकासको बिउँ रोपेको यो गाउँमा आउने अहिलेका जनप्रतिनिधिहरूले भने चासो नदिएको स्थानीयको आरोप छ । अहिलेका नेताबाट पनि विपिले गर्नुभएजस्तो विकासको अपेक्षा यहाँका जनताको छ ।