नेपाल टेलिकमको दुई करोड ११ लाख ग्राहक, खुद नाफा ७ अर्ब १३ करोड

सहयात्रा टिभी

काठमाडौं। चैत २५, गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म नेपाल टेलिकमको भ्वाइस सेवाको ग्राहक २ करोड ११ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको हो ।

यस्तै कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ ।

साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको कम्पनीका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए ।

 

प्रकाशित : 8 April, 2022

प्रतिक्रिया दिनुहोस्