अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनमाथि रुसको प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं। चैत २५, रुसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनलाई मुलुक प्रवेशमा प्रतिबन्धको निर्णय गरेको छ।

 


अष्ट्रेलियाले रुसी नागरिकमाथि लगाएको प्रतिबन्धको जवाफमा रुसले पनि प्रतिबन्धको निर्णय गरेको हो।

रुसले मौरिसनसहित २२८ अष्ट्रेलियाली नागरिकमाथि प्रतिबन्ध लगाएको छ।

यसअघि अष्ट्रेलियाले युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा ६७ रुसी नागरिकमाथि प्रतिबन्धको निर्णय गरेको थियो।

रुसको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा अष्ट्रेलियाली सरकारले चालेको शत्रुवत् कदमको विरोधमा यस्तो कदम चालिएको हो।

साथै रुसले आफूविरुद्धको जनभावना बढाउने गतिविधि नगर्न पनि चेतावनी पनि दिएका थिए।

रुसले फेब्रुअरी २४ युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अष्ट्रेलियाले चरणबद्धरुपमा रुसमाथि प्रतिबन्धको निर्णय गरिरहेको छ।

त्यस्तै उसले युक्रेनलाई पनि सैन्य तथा हतियार सहयोग गर्दै आएको छ।

प्रकाशित : 8 April, 2022

प्रतिक्रिया दिनुहोस्