तालमेलको आव्हान सहित सत्ता गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौं। चैत २५, सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् ।
नेपाली काँग्रेसका एक नेताले दिएको जानकारी अनुसार गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको हो ।
‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ’ ती नेताले रातोपाटीसँग भने,‘सायद एक दुई दिनभित्रै वक्तव्य आउँछ ।’