टोटेनह्यामको जितमा सनको ह्याट्रिक, आर्सनल र युनाईटेड पराजित

काठमाडौं। चैत २७, इंग्लिस प्रमियर लिग फुटबलमा शिर्ष चारमा रहेको टोटेनह्यामले एस्टन भिल्लामाथि सानदार जित निकालेको छ।
त्यस्तै शनिबारनै भएका खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमानै २.१ ले पराजित हुँदा म्यानचेस्टर युनाईटेड पनि एभर्टनसँग १.० ले पराजित भएको छ। यद्यपि चेल्सीले साउथहेम्टनमाथि भने ६.० को प्रभावसालि जित निकाल्यो।
टोटेनह्यामले शिर्ष चारमा बलियो बन्ने क्रममा एस्टन भिल्लालाई ४.० ले पराजित गर्योथ। टोटेनह्यामको जितमा सन हेङमिनले ह्याट्रिक पुरा गरेका थिए। थप एक गोल कुलुसेभस्कीको नाममा रह्यो।
सनले तेस्रो मिनेटमानै गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाउँदा बाँकी ३ गोल भने दोस्रो हाफमा संभव भयो।
५० औं मिनेटमा कुलुसेभस्कीले ५० औं मिनेटमा गोल गर्दै टीमको अग्रता दोब्बर बनाएका थिए। ६६ औं मिनेटमा सनले अग्रता तेब्बर बनाउँदा ७१ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरे भने टीमका लागि चौंथो गोल गरेका थिए।
शनिबारनै भएको अर्को खेलमा आर्सनल भने अप्रत्यासित रुपमा ब्राइटनसँग २.१ ले पराजित भयो। आर्सनल घरेलु मैदानमा भएको खेलमा २८ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १.० को अग्रता बनाएको ब्राइटले ६६ औं मिनेटमा इनोक मेयुपेउलेको गोलमार्फत खेलमा २(० को अग्रता बनायो।
तर निर्धारित समयको १ मिनेट बाँकी रहँदा मार्टिन ओडेगार्डले एक गोल फर्काएपनि आर्सनलको हार टार्न पर्याप्त भएन।
त्यस्तै शनिबारनै भएको खेलमा एभर्टनसँग म्यानचेस्टर युनाईटेड स्तब्ध बन्यो। रेलिगेशन जोन टार्न संघर्षरत रहेको एभर्टनका लागि गोर्डनले गोडिसन पार्कमा गरेको एकमात्र गोल निर्णायक बन्यो।
जितसँगै लाम्पार्टले केहि राहत महसुस गरे। गोर्डनले २७ औं मिनेटमा घरेलु टोलिलाई अग्रता दिलाए। खेलमा फर्किन प्रयास गरेपनि युनाईटेड गोल गर्न असफल भयो।
खेलपछि एभर्टन रेलिगेशन जोनभन्दा ४ अंकले माथि रहन सफल हुँदा हारले युनाईटेडको शिर्षचारको संभावना कमजोर बनाएको छ।
युनाईटेड ३१ खेलको समाप्तीमा ५१ अंकका साथ सातौं स्थानमा रहेको छ। टोटेनह्याम ५७ अंकका साथ चौंथो स्थानमा कायमै रहँदा आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।