सेनाले सशस्त्रलाई दियो करिब ६ सय थान हतियार

सहयात्रा टिभी

काठमाडौं। चैत २७, नेपाली सेनाले आइतबार सशस्त्र प्रहरी बल एपीएफलाई हतियार हस्तान्तरण गरेको छ ।

आर्मी हेडक्वाटर जंगी अड्डामा आइतबार प्रधानसेनापति प्रभुराम शर्माले एपीएफका महानिरीक्षक शैलेन्द्र खनाललाई हतियार हस्तान्तरण गरेका छन् ।

सेनाका अनुसार इन्सास राइफल पाँच सय नाल र लाइट सपोर्ट वेपन एलएसडब्ल्यू ९० नाल एपीएफलाई हस्तान्तरण गरिएको छ ।

सेनाले ती हतियारको एम्युनिशन र सम्बद्ध सामग्री हस्तान्तरण गरेको छ ।

प्रकाशित : 10 April, 2022

प्रतिक्रिया दिनुहोस्