खुमलटारको उडान

सहयात्रा टिभी

काठमाडौं। चैत २८, सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब एउटै जिल्लाका मात्र हैन, एउटै टोलका हुन् ।

यी दुई क्लब ललितपुर महानगरपालिका वडा ‍नं.१५ बाट प्रतिनिधित्व गर्छन् ।

२०७६ सालको बी डिभिजन लिगमा यी दुई क्लबबीच ए डिभिजनमा उक्लन टक्कर चलेको थियो । अन्तिममा सातदोबाटोले बाजी मार्‍यो र च्याम्पियन बन्दै पहिलो पटक ए डिभिजनमा बढुवा भयो ।

त्यसपछि सातदोबाटोले ए डिभिजनमा पहिलो पटक खेल्दा शानदार प्रदर्शन गर्दै चौथो स्थानमै लिग सकायो । त्यसबाट पनि केही हदसम्म खुमलटारलाई प्रेरणा मिल्यो ।

अघिल्लो पटक एक टिम मात्र बढुवा हुने भएकोले दोस्रो भएको खुमलटार बी डिभिजनमै रह्यो । सातदोबाटोलाई बधाई र शुभकामना दिएको खुमलटारले हिम्मत हारेन । जसरी पनि शीर्ष डिभिजनमा उक्लने लक्ष्य बनायो ।

प्रकाशित : 11 April, 2022

प्रतिक्रिया दिनुहोस्