तालमेलका लागि गठबन्धनका चार सन्देश

सहयात्रा टिभी

काठमाडौं। चैत २९, स्थानीय चुनावमा तालमेल गर्दै परस्पर सहयोगको भावनासहित जाने प्रतिबद्धता गरेका सत्तागठबन्धनका दलहरूलाई तालमेलको मापदण्ड बनाउन भने हम्मे परेको छ ।

आपसी अविश्वास मेटाउन शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरे पनि तालमेलको मापदण्डबारे केही बोलेका छैनन् ।

‘देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ,’

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको अपिलमा भनिएको छ । उनीहरूले आपसी मतभेद पन्छाउँदै निर्वाचनमा होमिने उल्लेख गरेका छन् ।

प्रकाशित : 12 April, 2022

प्रतिक्रिया दिनुहोस्