बाहिरिसकेको नेपाल अफगानिस्तानसँग खेल्दै

सहयात्रा टिभी

काठमाडौं। चैत २९, एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ ।

यस अघिका दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ । अफगानिस्तान र नेपाल एकै स्तरका टोली हुन् ।

तर, पछिल्लो समय अफगानिस्तानले प्रदर्शनलाई बलियो बनाएको छ । त्यसैले अफगानिस्तानलाई हराउन नेपाललाई सहज भने छैन ।

पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५.१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११.१ ले स्तब्ध भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सुखद् अन्त्य गर्ने योजनामा छ ।

प्रकाशित : 12 April, 2022

प्रतिक्रिया दिनुहोस्