आईपीएलःजित्नै पर्ने दबाबमा चेन्नई

सहयात्रा टिभी

काठमाडौं। चैत २९, साविकको विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईमा हुने चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ ।

लगातार चार खेलमा पराजित भएको चेन्नईको सेमिफाइनल सम्भावना कमजोर छ । आजको खेलमा पनि पराजित भएमा चेन्नईको सेमिफाइनल पुग्ने सम्भावना झनै कमजोर बन्नेछ । चेन्नई अंक विहीन रहदै पुछारमा छ ।

यता बैंगलोर आज चौंथो जितको योजनामा छ । बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सकेमा चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । दुई टोलीबीचको पछिल्लो नतिजामा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ३ खेलमा जित निकालेको छ ।

 

प्रकाशित : 12 April, 2022

प्रतिक्रिया दिनुहोस्