मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

सहयात्रा टिभी

काठमाडौं। चैत २९, नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ ।

आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो ।

वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।

परीक्षा पुलचोक इन्जिनियरिङ कलेजमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

प्रकाशित : 12 April, 2022

प्रतिक्रिया दिनुहोस्