जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं। चैत ३०, ग्रेट वाल मोटर जिडब्लुएम नेपालले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु ल्याएको छ ।

अफरमा ग्राहकहरुको लागि ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत प्रदान गर्ने भएको हो ।]

यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ । ग्राहकहरुले २०७९ वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउनसक्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित : 13 April, 2022

प्रतिक्रिया दिनुहोस्