मावि तह शिक्षकको लाइसेन्स खुल्यो

सहयात्रा टिभी

काठमाडौं। वैशाख १, शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सका लागि विज्ञापन खुलाएको छ ।

 

आजदेखि बैशाख २९ सम्म इच्छुकहरुले फार्म भर्न सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, शिक्षक सेवा आयोगको मिति २०७८/१२/२९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियमको उपनियम ९१० को खण्ड ग. वा नियम को उपनियम ९७० बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७८/१२/३० गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।दोब्बर दस्तुरको हकमा जेठ ५ भित्र दरखास्त भरी पेस गर्नुपर्नेछ ।

प्रकाशित : 14 April, 2022

प्रतिक्रिया दिनुहोस्