माओवादीको चुनावी पोस्टरबाट कुलमानको तस्बिर हटाइयो

काठमाडौं। वैशाख १, नेकपा माओवादी केन्द्रको प्रचारका लागि तयार पारिएको पोस्टरबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहितको चुनावी पोस्टर सार्वजनिक गरेका थिए ।
केही समयपछि उक्त तस्बिर हटाइएको छ । पुनः फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ । आफ्नो तस्बिर राखिएपछि घिसिङले हटाउन आग्रह गरेका थिए । तस्बिरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ ।