अब शेयरमा जस्तै ‘डिजिटल सुन’मा लगानी गर्न पाइने, सुरु भयो अनलाइन सेवा

सहयात्रा टिभी

काठमाडौं। वैशाख १, सामान्यतया सुन खरिद गर्ने भन्ने बित्तिकै हामी बजारको कुनै पसलमा गएर सुनका गरगहना अथवा सरसामान बनाउन लगाउने र खरिद गर्ने कुरा बुझ्छौँ ।

परापूर्व कालदेखि नै सुनमा गरिने लगानीलाई उपयोगी मानिन्छ ।यो मानिसहरूले एकदमै विश्वास गरेको सम्पत्ति पनि हो । अन्य कुरामा भन्दा सुनमा लगानी गर्नु सँधै उचित हुने र खेर नजाने धारणा पनि छ ।

तर समयसँगै सुनको परिभाषा पनि परिवर्तन हुँदै गएको छ । पछिल्लो समय छिमेकी देश भारतमा निकै नै चर्चामा रहेको र प्रचलनमा आएको ‘डिजिटल गोल्ड’ नेपालमा पनि सुरु भएको छ ।

‘योपो’ सुपर एपले आफ्नो सुपर एपमार्फत डिजिटल गोल्ड अर्थात् डिजिटल सुन सम्बन्धी सेवा सुरु गरेको हो । सफ्ट लञ्चको रुपमा सुरु भएको यो सेवा अन्तर्गत प्रयोगकर्ताले ‘योपो गोल्ड’ अर्थात् डिजिटल सुन खरिद तथा बिक्री गर्न सक्नेछन् ।

कम्पनी नयाँ वर्ष २०७९ को सुरुवातसँगै यसलाई औपचारिक रुपमा सार्वजनिक गर्ने तयारीमा छ । डिजिटल गोल्ड एक प्रकारले वास्तविक सुन नै हो ।

प्रयोगकर्ताले भौतिक रुपमा सुनमा लगानी गरेको जस्तै यसमा पनि लगानी गर्न सक्छन् । तर फरक यति मात्र छ कि ग्राहकले अनलाइन माध्यमबाट सीमित अर्थात् थोरै रकममा समेत सुन खरिद गर्न सक्छन् । सो रकम बराबरको सुन कम्पनीले बैंकमा लगेर मौज्दात गर्छ ।

भौतिक सुनकै समान मूल्य हुने यो डिजिटल सुनमा भौतिक सुन सरह नै मूल्य घटबढ हुने, तर भौतिक सुनको प्रयोग गर्दा हुने डर यसमा नहुने कम्पनीका सहसंस्थापक नवराज श्रेष्ठले बताउँछन् । ‘प्रयोगकर्ताले हाम्रो एपमा गएर आजकै बजार मूल्यमा सुन खरिद गर्न सक्नुहुन्छ ।

 

प्रकाशित : 14 April, 2022

प्रतिक्रिया दिनुहोस्