लोेक सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो

काठमाडौं। वैशाख १, लोक सेवा आयोगले राजपत्र अंकित द्धितीय श्रेणी, खरीदार वा सो अनुरुपको विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
आयोगले बुधबार सूचना जारी गदै जेष्ठता र कार्यसम्पादनद्वारा ११ जिल्लाको लागि १८ जना उम्मेदवारका लागि दरखास्त आव्हान गरेको हो ।
आयोगले अमिन, सर्भे, सहायक कम्प्युटर अपरेटर, नायब मौसम बिज्ञान सहित अन्य विभिन्न पदका लागि दरखास्त खुलाएको जनाएको छ । आयोगले उक्त दरखास्त निजामती सेवा ऐन, २०४९ को दफा २४९ घ तथा कर्मचारी ऐन,२०७५ को दफा १४ को उपधारा ४ बमोजिम खुला गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले जेठ तीनसम्ममा दरखास्त दिन सक्नेछन् । उम्मेदवारले बढुवा समितिको सचिवालयमा दरखास्त दिनुपर्ने छ । थप जानकारीका लागि लोक सेवा आयोेगको वेवसाइट मार्फत हेर्न सकिनेछ ।