थाहा पाइराख्नुहोस्, ह्याक भएको युट्युव च्यानल फिर्ता ल्याउने तरिका

सहयात्रा टिभी

काठमाडौं। वैशाख ३, नेपालमा दिनानुदिन नाम चलेका युट्युव च्यानलहरू ह्याक हुने क्रम रोकिएको छैन ।

खासगरी धेरै सब्सक्राइबर हुने युट्युव च्यानल ह्याक भएका समाचारहरू बाहिर आएपनि दिनमा त्यस्ता कैयौं च्यानल ह्याक भइरहेका हुन्छन् ।

यदि तपाईंले पनि युट्युव च्यानल खोल्नुभएको छ भने च्यानल बचाउन धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । सामान्यतस् ह्याकरले क्रियटरका च्यानल ह्याक गर्नका लागि ह्याकिङको प्रभावकारी विधि सोसल इन्जिनियरिङ प्रयोग गरिरहेका हुन्छन् ।

यसको अर्थ हो, ह्याकरले प्रयोगकर्ताको व्यक्तिगत जानकारी पाउन विभिन्न लिङ्कहरू पठाउने गर्छन् । लिङ्क पाइसकेपछि ह्याकरले क्रियटरको च्यानल आफ्नो कब्जामा लिन्छन् ।

युट्युव च्यानल मात्र नभई तपाईंको जीमेल आईडी पनि तपाईंका लागि महत्वपूर्ण हुन सक्छ । जीमेलमा थुप्रै आवश्यक कुरा भएको खण्डमा जीमेल आईडी ह्याक भयो भने तपाईंको महत्वपूर्ण सूचना हराउन सक्छ ।

त्यसकारण युट्युव च्यानल छैन, के ध्यान दिन पर्‍यो भन्ने पनि लाग्न सक्छ । ह्याकरले त्यही जीमेललाई पासो बनाई प्रयोगकर्ताको बैंक वा अन्य आर्थिक करोबार हुने ठाउँमा पहुँच बनाई सबै पैसा गायब पार्दिन सक्छन् ।

ह्याकरले सबैभन्दा पहिले जीमेल आईडीमा आफ्नो पहुँच बनाई त्यसबाट स्वतः अन्य विभिन्न अकाउन्टमा आफ्नो पहुँच बनाउने गर्छन् । जीमेल आईडी ह्याक हुँदा तपाईंको फेसबुक, इन्ष्टा, ट्वीटर वा टिकटक अकाउन्ट पनि ह्याक हुनसक्छ ।

त्यसकारण यहाँ सबैभन्दा बढी भूमिका जीमेलले खेलेको हुन्छ । तपाईंले यदि निम्न अनुसारका कुरामा ध्यान दिनुभयो भने ह्याकरको निशानाबाट बच्न सक्नुहुन्छ ।

१. आफ्नो जीमेल र युट्युवमा टु स्टेप भेरिफिकेसन अन गर्नुहोस् ।

२. आफ्नो युट्युव च्यानलमा रिकभरी ईमेल वा रिकभरी नम्बर कुन भएको छ याद गर्नुहोस् । यदि रिकभरी ईमेल वा नम्बर प्रयोग गर्नुभएको छेन भने समयमै एड गर्नुहोस् ।

३. आफ्नो कम्प्युटरमा सकेसम्म पाइरेटड सफ्टवेयर नहाल्नुस । धेरैजसो पाइरेटेड सफ्टवेयरले र्‍यानसमवेयर  बोकेका हुन्छन् । जसले फाइल अनलक गरी गरी सेभ रहेका सबै पासवर्ड चोरी ह्याक गर्ने गर्छन् ।

४. आफ्नो युट्युव च्यानल भएको जीमेल आईडी कतै पनि लगईन नगर्नुहोस् । यदि गरेको छ बने पनि समयमै हटाउनुहोस् ।

५. आवश्यक नपरे पनि बेलाबेलामा पासवर्ड परिवर्तन गरिरहनुहोस् । आफूले परिवर्तन गरेका पासवर्ड कतै सेभ गरेर राख्नुहोस् वा कतै लेखेर राख्नुहोस् ।

६. ह्वाट्सएप र ईमेलमा आउने हजारौं डलरका विज्ञापन दिने कुरा अस्वीकार गर्नुहोस् । जति मूल्य बराबर तपाईंको च्यानल छैन त्यसभन्दा कैयौं गुणा बढी पैसा दिने आश्वसनमा मानिसहरू बढी आकर्षित हुने देखिन्छ ।

७. कसैले आफ्ना एपहरू रिभ्यु गरिदिन गरेका अनुरोधको वास्ता नै नगर्नुहोस् । प्रयोगकर्तालाई मोटो रकम दिने आश देखाएर ह्याकरहरू आफ्नो एपको माध्यमबाट प्रयोगकर्ताको डेटा लिने गर्छन् ।

८. ह्याक हुनेहरू प्रायः धेरैले च्यानलको अनर आईडी च्यानल खोलिएको आईडीनै च्यानल मेनेजरले चलाउने गरेको पाइएको छ । उनीहरूको लापरवाहीले गर्दा आईडी ह्याक भइरहेको पाइएको छ । च्यानल मेनेज गर्न अन्य कसैलाई ओनरशिप आईडी नदिएको उनीहरूको आईडीमा एडिटरका एक्सेस दिनुहोस् । यसले गर्दा च्यानल ह्याक हुनबाट बचाउन सकिन्छ ।

यदि केही गरी आईडी ह्याक भयो भने च्यानल यसरी फिर्ता ल्याउन सकिन्छ त रु तपाईंले आफ्नो च्यानल फिर्ता पाउनका लागि युट्युब सपोर्टमा सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसैले तल उल्लेखित विवरण सुरक्षित राख्नुहोस् ।

१. आफ्नो युट्युवको च्यानल‍को लिंक कतै सेभ गरेर राख्नुहोस् ।

२. च्यानल खोलेको मिति नोट गर्नुहोस्, जुन च्यानलको अबाउट सेक्सनमा हुन्छ ।

३. ह्याक भइसकेपछि आफूले पछिल्लो समय अपलोड गरेको भिडिओको लिङ्क कतै शेयर गरेको ठाउँबाट लिएर राख्नुहोस् ।

४.आफ्नो एडसेन्स अकाउन्टको पब्लिसर आईडी सुरक्षित राख्नुहोस् ।

यी सबै कुरा युट्युव सपोर्टमा पठाउन सकेको खण्डमा मात्र च्यानल फिर्ता पाउन सकिन्छ । युट्युव च्यानल भएको जीमेल आईडी अन्त कतै प्रयोग नगर्नुहोस् । जुनसुकै साइटका आईडी ह्याक हुनुका पछाडि तपाईंको लापरवाही जोडिएको हुन्छ । तपाईंकै कमी कमजोरीले च्यानल ह्याक हुने भएकाले समयमा नै गम्भीर हुनुहोस्

प्रकाशित : 16 April, 2022

प्रतिक्रिया दिनुहोस्