वीर अस्पतालले दुवाकोटमा थाल्यो ल्याब र एक्सरे सेवा

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलको उपस्थितिमा शुक्रबारबाट यो सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाअघि क्लिनिक सञ्चालन गर्दै आएको स्थानमा नै वीरले प्रयोगशाला र एक्सरे सेवा सुरु गरेको अस्पताल प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

हात–खुट्टा भाँचिएको, छातीलगायतका एक्सरे सेवा दिन्छौं । सुगर, रगत, मिर्गौला जाँच हुन्छ । साधारणतया सबै परीक्षण यहीबाट हुन्छ । ठूलो परीक्षण गर्नुपरेमा वीर अस्पतालमा लगेर यहीँबाट रिर्पोट दिन्छौं,’ डा.बस्नेतले भने ।
डा.बस्नेतका अनुसार अबको केही महिनाभित्रमै दुवाकोटमा विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी छ ।

पुरानो भवनबाटै क्लिनिक, ल्याब, प्रयोगशाला सञ्चालन गर्न एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

 

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्