अमेरिकाले दिने ७९ अर्ब ७१ करोड अनुदान लिने सरकारको निर्णय

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय यूएसएआईडी मार्फत प्राप्त हुने झण्डै ८० अर्ब अनुदान सहायता लिने भएको छ ।

उक्त रकम लिनेबारे गत चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

यूएसएआईडीले ७९ अर्ब ७१ करोड अनुदान दिनेछ । अमेरिकी सरकारले विभिन्न विकास कार्यक्रमको लागि अनुदान दिने गरेको छ ।

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्