विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। ट्रेडोस नेपाल आउँदै

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एड्नोम गेब्रेयसस नेपाल आउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणमा नेपाल आउन लागेका हुन्। उनी ८ वैशाख ९२१ अप्रिलमा भारत हुँदै नेपाल आउन लागेका हुन्।

डा .टेड्रोस ९ गते साँझ फर्कने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार दुई दिन नेपालमा रहँदा उनले नेपालका उच्च अधिकारीसँग भेटघाट हुने बताइएको छ।

महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रकी निर्देशक डा। पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा। शम्भु आचार्य पनि आउँदैछन्।

नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन्। डा.ट्रेडोस भारतको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आउन लागेका हुन्।

यसअघि डब्लुएचओको महानिर्देशक हुनुअघि पनि डा. टेड्रोस एक पटक नेपाल आएका थिए। उनलाई डब्लुएचओको महानिर्देशक नियुक्त गर्न नेपालले पनि भोट हालेको थियो। भर्खरै सकिएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलनमा डा ट्रेडोसले भिडियोमार्फत आफ्नो धारणा राखेका थिए। उनले कोभिड १९ को महामारीका वेला नेपालको स्वास्थ्य क्षेत्रले देखाएको सक्रीयता उदाहरणीय रहेको बताएका थिए।

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्