गठबन्धन सरकार विकास विरोधी भएको अध्यक्ष ओलीको आरोप

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकार विकास विरोधी रहेको आरोप लगाएका छन् ।

शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

संवोधनका क्रममा अध्यक्ष वलीले गठबन्धन सरकारलाई विकास नचाहिएको बताए । ‘अहिलेको गठबन्धन सरकारलाई सडक चाहिएको छैन ।

योजना चाहिएको छैन’, उन्ले भने, ‘उनीहरु जनताको सुविधाका लागि हामीले ल्याएका योजना कटौती गरिरहेका छन् । ठेकेदारलाई काम लगाएको पैसा दिईरहेका छैनन् ।’

मधेशका जनताको नागरिकता सम्बन्धी ठुलो समस्या समाधानमा मधेशका मसिहा भनिने पार्टिले ध्यान नदिएको ओलीको आरोप छ ।

‘मधेशका जनताले भोगिरहेको नागरिकता सम्बन्धी समस्या समाधानमा मधेशका मसिहा भन्नेहरु के भनिरहेका छन् रु’ उन्ले प्रश्न गरे, ‘के हेरेर बसिरहेका छन् । नागरिकता सम्बन्धी अध्यादेश कहाँ पुग्यो । यसको बिरोध गर्ने गठबन्धन सरकारमा लाज पचायर बसिरहने हो ।

सरकार छोडेर हिँड्नु पर्दैन ।’ अध्यक्ष ओलीले मधेशमा नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटकको चुनावमा अत्यधिक बहुमत सहित विजयी हुने दाबीसमेत गरे ।

सम्बोधनको क्रममा अध्यक्ष ओलीले जिल्लाको बागमती नगरपालिकामा निर्मित भरत तालको प्रशंसासमेत गरे । निर्माण भईरहेको तालले यस क्षेत्रको पर्यटन विकासमा ठुलो योगदान पुगेको, स्थानीय स्वरोजगार भएको भन्दै उक्त तालको परिकल्पना गर्ने जनप्रतिनिधिलाई धन्यवाद समेत दिए ।

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्