हुम्लामा तीन दिनदेखि हवाई सेवा बन्द

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, सडक यातायातले नजोडिएको हिमाली जिल्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ।

नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुुख मोहन गिरीले तीन दिनयता हुुम्लाका लागि कुनै पनि उडान हुन नसकेको बताए।मौसम सफा भए पनि नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुुम्लामा उडान हुन नपाएको हो।

सोही दिन हुुम्लाका लागि उडान भरेपछि ती विमान काठमाडौं फिर्ता भएका थिए। यसरी उडान नभएपछि नेपालगञ्जका यात्रुु मर्कामा परेका छन्। सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनुुपरेको छ। केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको छ।

 

 

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्