प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटपछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन्।

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्