हेटौंडामा चुनाव लड्न गठबन्धनका सबै दलको दौड

काठमाडौं। वैशाख ५, स्थानीय चुनावमा सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरमा कसले टिकट पाउँला भन्ने आमचासो छ ।
केन्द्रमा भएको गठबन्धनअनुसारै निर्वाचनमा होमिने निर्णय भए पनि स्थानीय स्तरमा निकै सकस देखिएको छ ।
प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा सत्ता गठबन्धनमै आबद्ध प्रमुख २ दलहरू नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले प्रमुख पदमा दाबी गर्दा नेपाली काग्रेस गठबन्धन टोक्नु न बोक्नुको स्थितिमा पुगेको छ ।
लमा भएको स्थानीय निर्वाचनमा कांग्रेस मकवानपुर जिल्लाको दोस्रो पार्टीको रूपमा थियो तर गठबन्धन दलले आ–आफ्नो दाबी गरिरहँदा प्रदेशकै एक मात्र उपमहानगर गुमाउने भय देखिएको छ ।
कांग्रेस मकवानपुरका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार नै धाउन थालेका छन् ।