किरन चेम्जोङ सम्मेलित क्लब माजियाले बिपक्षीको पोलमा हान्यो १३ गोल

काठमाडौं। वैशाख ५, नेपाली राष्ट्रिय टोलीका कप्तान किरन चेम्जोङ लिम्बू सम्मेलित माजिया स्पोर्टस एण्ड रिक्रियशनले बिपक्षी टोलीलाई १३ गोल गरेको छ ।
माल्दिभ्सको क्लव माजिया स्पोर्टस एण्ड रिक्रियशनले अर्को टीम क्लब भ्यालेन्सियामाथि १३.० को फराकिलो जित निकालेको हो ।
यो जितसँगै माजिया स्पोर्टस एण्ड रिक्रियशन लिगको शीर्षस्थानमा कायमै रहेको छ ।
माजियाका लागि हम्जा मोहम्मद एक्लैले पाँच गोल गरेका थिए । त्यस्तै नैज हसनले पनि ह्याट्रिक तीन गोल गरेका थिए । टाना डोमिंगेज र कर्निलस स्टिवार्टले समान २.२ गरेका थिए । त्यस्तैगरी इब्राहिम असमले थप एक गोल गरेका थिए ।
यसअघिको खेलमा माजिया क्लब इगल्ससँग १.० ले पराजित भएको थियो । जितपछि माजियाले ९ खेलबाट २४ अंक जोडेको बनाएको छ । माजियाले आफ्नो आगामी खेल द ग्रान्डेसँग शुक्रबार खेल्ने छ ।
उता पराजित क्लब भ्यालेन्सियाले हालसम्म ९ खेल खेलिसकेको छ । उक्त खेलहरुबाट भ्यालेन्सियाले १३ अंक जोडेको छ ।