मधेसमा गठबन्धन दलको बैठकःराजपा र एमालेले जितेका पालिका बाँडफाँड गरिँदै

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, मधेस प्रदेशमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ ।

केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा दाबी गरेपछि गठबन्धनको बैठक लम्बिएको हो ।

सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सो दलले नै लिने अनौपचारिक सहमति भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिव योगकुमार बरबरिया जीवनले बताए ।

उनले तत्कालीन राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबीच छलफल हुनेछ भने त्यसका लागि कसरी जाने भनी मापदण्ड निर्धारण गर्ने आन्तरिक गृहकार्य आजको बैठकमा हुने बताए ।

उनले भने, ‘३४ पालिकामा कुरा नमिलेमा गठबन्धन दल बाहेककाहरुसँग तालमेल निर्वाचन लड्न नपाउने हुनाले गठबन्धनका घटक दलसँगै वा एक्लै निर्वाचन लड्नुपर्ने हुन्छ ।’

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्